जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार ०९:०९

महाविर पुन आजदेखि आन्दोलनमा, अविष्कार कोष स्थापना गर्नुपर्ने मुख्य माग


काठमाडौं, बैशाख १५ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजवाट आन्दोलनमा उत्रनु भएको छ । शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज माइतीघर मण्डलामा प्रदर्शन गर्ने हुनुभएको हो ।

अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उहाँ आन्दोलनमा उत्रनु भएको हो ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुन आन्दोलनमा होम्मिनुभएको हो ।