जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार १२:२६

अब सरकारमा जाने होइन, समर्थन फिर्ता लिन्छौँ– नवनिर्वाचित रवि लामिछाने


काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच महिनामा दोस्रो पटक सांसद पदको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयका सांसद पदको शपथ लिएपछि सभापति लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना नरहेको बताउनुभयो ।

अहिले सरकारमा जाने वातावरण छैन। समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौँ, उहाँले भन्नुभयो,सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना धेरै देखिन्छ। उहाँले आमनागरिकसँग भोट मागिरहँदा महत्वपूर्ण विषयका रुपमा भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाएको बताउनुभयो । हामीले भ्रष्टाचार नियन्त्रणलाई जोडदार रुपमा उठायौँ। तर हामी सरकारबाट हटेपछि सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण एजेन्डा नै हटाएर गम्भीर गल्ती गर्या, उहाँले भन्नुभयो , सरकारले हाम्रो मुख्य एजेन्डा नै हटायो।

त्यसमा हाम्रो गम्भीरभन्दा गम्भीर आपत्ति छ। हामीलाई जनताले एजेन्डासहित पठाएका हुन्। हाम्रो एजेन्डा हटाइएको कुरामा गम्भीर आपत्ति छ। उनले सरकारलाई समर्थनबारे गम्भीर समीक्षा गरेर निर्णय लिने बताउनुभयो । सरकारमा रहने त अहिले सोच्नै सकिँदैन।

समर्थनबारे पनि हामी गम्भीर समीक्षा गरेर निर्णय लिन्छौँ, उहाँले भन्नुभयो धेरैले यसबारेमा केहो भनेर चासो राख्नु भएको थियो। चुनावमा जे जस्ता कृयाकलाप भए, तिनका कारण पनि सरकारको समर्थन पनि पुनर्विचार गर्छौँ। उहाँले उपनिर्वाचनमा आफूहरुविरुद्ध सरकारी हेलिकोप्टर नै उतारे सरकारका मान्छे लागेको बताउनुभयो । हामविरुद्ध चुनावमा सरकारी हेलिकोप्टर नै उतारियो। मन्त्री दिने भन्दै हेलिकोप्टर सरकारी हेलिकोप्टर लिएर निर्वाचन क्षेत्रमा पुगियो, उहाँले भन्नुयभो हामीले एकदमै धेरै सोच्नुपर्ने अवस्था छ। मुलुकमा अस्थिरता नहोस् भन्ने पनि सोच्नुपर्छ। तर हामी यो सरकारमा जाने र समर्थन गरिरने सम्भावनाबारे नसोच्दा हुन्छ।