दाङ, बैशाख १५ । लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराउनु भएको हो ।
पहिलो चरणमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्रीमा नियुक्त गर्नुभएका छ । मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन । चौधरी बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्