जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार १३:३१

अर्थमन्त्रीलाई युवा संघको ज्ञापनपत्र, अयोग्य लडाकुलाई पैसा बाँडने काम रोक्न अल्टिमेटम


काठमाडौं, बैशाख १५ । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै राष्ट्रिय युवासंघले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ।

युवा संघका अध्यक्ष क्षितिज थेवेको नेतृत्वमा गएको युवा संघको टोलीले अर्थमन्त्री महतलाई आज ज्ञापनपत्र बुझाएको हो । सुमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने जिम्मेवारी बोकेको राज्यसत्ताले देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धरासायी बन्दै गएको, महंगीले आकाश छोएको कारण जनजीवीका कष्टप्रद बन्दै गएको बेलामा लडाकु र नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको अवस्थामा सरकारले पैसा बाँड्ने काम गर्न लागेकोप्रति आपत्ति जनाएको छ।

देशमो अर्थतन्त्र उकास्न प्राथसमकताका आधारमा लगानु गर्नुको साट्टो उल्टै सरकारले १८ बर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारीले देशलाई टाट पल्टाउने र नीतिगत भ्रष्टाचार गरी रकम कुम्ल्याउने खेल भएको आरोप पनि युवा संघले लगाएको छ।

देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग पूरा गर्न सरकारसँग माग गरेको छ। युवा संघले ५ बर्षभित्र चुक्ता गरिसक्ने गरी सहुलियत दरका प्रमाणपत्र धितोका आधारमा २५ लाखसम्म ऋण प्रवाह गर्ने समेत गरेको छ।