जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार १४:५२

महावीर पुन सडकमा (फोटो फिचर)


काठमाडौं, १५ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गर्नुभएको छ ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गर्नुभएको हो । उहाँलाई युवाहरुले साथ दिएका छन् ।

बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गर्नुभएको पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गर्नुभएको हो ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गर्नुभएका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराउनुभएको थियो ।