सुर्खेत, बैशाख २० । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आक्रोश पोख्नुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताउनु भएको हो । उहाँले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिनुभएको छ । उहाँले कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको पनि बताउनु भयो ।
‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दुःखी हुनुहुन्छ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले गठबनधन नै धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ,’ नेपालले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री प्रचण्डले गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकेको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्