जनता टाइम्स

२३ बैशाख २०८०, शनिबार १८:३२

दोलखाको पवटीमा भाइले नै गरे दिदीको हत्या


दोलखा, २३ वैशाख । आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।