काठमाडौं, बैशाख २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भंसारका दररेटलाई वदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्ने बताउनु भएको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बेला एमाले महासचिव पोखरेलले यस्तो सुझाव दिनुभएको हो ।
‘यतिवेला सरकार नीति कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । साच्चै मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भंसारका दररेटलाई वदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ । उत्पादनशील क्षेत्रको विकासवाट नै ठुलो पैमानामा रोजगारीका अवसरहरु सिर्जना हुन्छन् र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न पुग्दछ,’ सामाजिक सञ्जालमार्फत एमाले महासचिव पोखरेलले भन्नुभएको छ ।
उहाँले मुलुक आर्थिक संकटमा रहेको बेला केही ब्यापारिक घरानाको सम्पत्ति अस्वभाविक बढनु नीतिगत बिचलनकै उपज भएको पनि बताउनु भएको छ । आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा वढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत विचलनका माध्यमवाट दलाल नोकरशाही पूँजीवादको वर्चश्व कायम हुदै जानु हो, महहासचिव पोखरेलको भनाई छ ।
यस्तो छ पोखरेलको सुझाव
आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा वढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत विचलनका माध्यमवाट दलाल नोकरशाही पूँजीवादको वर्चश्व कायम हुदै जानु हो । यतिवेला सरकार नीति कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । साच्चै मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भंसारका दररेटलाई वदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ । उत्पादनशील क्षेत्रको विकासवाट नै ठुलो पैमानामा रोजगारीका अवसरहरु सिर्जना हुन्छन् र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न पुग्दछ ।













प्रतिक्रिया दिनुहोस्