जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १६:०१

तीन दिनभित्र संसदीय सुनुवाइसहित संयुक्त समितिको नाम दिन दलहरूलाई सभामुखको निर्देशन


काठमाडौं बैशाख २४ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाई समितिको नेतृत्व टुंग्याउन दलहरूलाई आग्रह गर्नुभएको छ ।

आज बिहान बसेको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउन दलहरूलाई आग्रह गर्नुभएको हो ।

‘‘संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ । समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऔं,’ सभामुख घिमिरेले भन्नुभयो । सभामुख घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी पनि दिनुभयो ।