जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार ०७:३१

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमलाई राहत


काठमाडौँ, २५ वैशाख । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ ।

गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।

गत असार साउनमा मूल्य बढ्दै गएपछि निगम घाटामा गएर तेल खरिद गर्न जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । इन्डियन आयल कर्पोरेसन ९आइओसी० लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुगेको पुगेको थियो । गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले हाल ऋण घटाएर १२ अर्ब रुपियाँमा झारेको छ । विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुक्ता गर्न सफल भएको निगमले जनाएको छ ।

तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि निगमले टेकुमा रहेको आफ्नै जग्गा धितोमा राखेर तीन अर्ब रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्क र सरकारले निर्णय गरेर निगमले सार्वजनिक वित्त व्यवस्थापनबाट सात अर्ब रुपियाँ ऋण लिएको थियो । नेपाल सरकारको पाँच प्रतिशत ब्याज र आइओसीको ७।१ प्रतिशत ब्याज तिर्दै आएको निगमले जनाएको छ ।

निगमले हालसम्म आइओसीको बक्यौता तिर्न बाँकी रकमको ७।१ प्रतिशत ब्याजबापत ७० करोड रुपियाँ र सरकारको १८ करोड रुपियाँ ब्याज बुझाएको जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कमा जग्गा राखेर निकालेको तीन अर्ब ऋण भने निगमले चुक्ता गरिसकेको छ । सरकारले सात अर्ब ऋण भने पहिलो किस्ताबापत ७० करोड रुपियाँ मात्र तिरेकोसमेत निगमले जनाएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले ३१ अर्ब पुगेको निगमको ऋण घटाएर हाल १२ अर्ब रुपियाँमा झारिएको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि निगम घाटामा गएर गत साउन भदौमा महिना तेल खरिद गर्न सक्ने अवस्थामा निगम थिएन,” उहाँले भन्नुभयो, “त्यति बेला सरकारबाट ऋण लिएर र जग्गा राखेर आइओसीलाई रकम भुक्तानी गरेकामा गत असोजदेखि इन्धनको मूल्य घटेका कारण ऋण घटाउँदै गएका छौँ ।’ मूल्य घट्दै गयो भनेर आगामी असार महिनासम्म सबै ऋण चुक्ता गर्न सकिने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर गिर्दै आए पनि निगमले स्थानीय बजारमा न्यूून मूूल्य घटाएर नाफा रकम बचत गर्दै ऋण तिर्दै आएको छ । हाल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा रहेको छ ।

यसअघि आर्थिक वर्ष २०७१र७२ देखि २०७७र७८ वर्ष निगम नाफामा थियो। त्यति बेला अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले निगमले नाफा कमाएको थियो । जसका कारण गर्दा आर्थिक वर्ष २०७७र७८ असारसम्म निगमले १९ अर्ब सञ्चित मुनाफा जम्मा गरेको छ । कोभिडका कारण २०७७ वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा तेलको उत्पादन कम भएसँगै मूल्य बढ्न थाल्यो । निगम आर्थिक वर्ष २०५९र६० देखि २०७० सम्म घाटामा गएको थियो । सो अवधिको बीचमा एक वर्ष ९२०६५र६६० मा भने नाफामा गयो । सो अवधिमा लामो समयसम्म घाटामा गएर निगमको ऋण ३७ अर्ब रुपियाँ पुगेको थियो । त्यति बेला निगमले सरकार जमानत बसेर बैङ्कमार्फत ऋण लिएर तेल खरिद गरेको रकम भुक्तानी गरेको थियो । आव २०७१र७२ पछि लगातार छ वर्ष नाफामा गएको निगम २०७८ देखि मूल्य बढेका कारण घाटामा गएर ऋण लिनुपर्ने अवस्थामा पुगेको थियो । हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेलरमट्टीतेल १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ । गोरखापत्रबाट