काठमाडौं, बैशाख २५ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद बैठकमै एकाएक कपडा खोलेपछि सभामुखले कडा चेतावनी दिनुभएको छ । सभामुख देवराज घिमिरेले सांसद सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिनुभएको हो ।
आज बसेको संसद बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन निर्देशन दिनुभएको हो । सभामुख घिमिरेले सभ्य नभए नियमानुसार कारबाही गर्ने जानकारी गराउनु भयो ।
सांसद सिंह अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न निर्देशन पनि दिनुभयो । आजको बैठकमा सिंहले उठेर आफूले लगाएको सर्ट र सेण्डो उतारेर अर्धनग्न बन्नुभएको थियो ।
सभामुखले बैठकमा विशेष समय र आकस्मिक समयको प्रवर्द्धन नगरेको जानकारी गराएपछि सांसद सिंह र प्रेम सुवालले समय माग गर्नुभएको थियो । सभामुखले समय नदिएपछि त्यसको विरोधमा सांसद सिंहले माथिल्लो भागको कपडा फुकालेर अर्धनग्न हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्