जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १४:१८

अर्थमन्त्रीको कारण स्थगित भयो संसद बैठक


काठमाडौं, बैशाख २५ । प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री उपस्थित नभएपछि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विरोध जनाएका छन् । बैठकमा विरोध हुन थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा अर्थमन्त्री आफैं उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक नै स्थगित भएको हो ।