काठमाडौं, २५ वैशाख । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिनुभएको छ ।
सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ ।













प्रतिक्रिया दिनुहोस्