काठमाडौं, बैशाख २५ । नेकपा एमालेकी सांसद ईश्वरी जीएमले गुणस्तरीय शिक्षाका लागि सरकारले ठोस योजना ल्याउन नसकेको बताउनु भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद जिएमले भन्नुभयो, ‘शिक्षाप्रति संवेदनशिल केही स्थानिय तहहरूले जनप्रतिनिधि, शिक्षक, कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरी कार्यान्वयन गरिरहँदा नेपाल सरकारले भने नेपालको शिक्षालाई साच्चिकै गुणस्तरिय कसरी बनाउने ? भन्ने सवालमा कुनै ठोस योजना ल्याउन सक्दैन। संघीय शिक्षा ऐन बन्न सकेको छैन।’
उहाँले सामुदायिक विद्यालय भनेको आर्थिक अवस्था कमजोर भएकाहरूको छोराछोरीले मात्र पढ्ने हो भन्ने बुझाई र व्यवहार रहेको बताउनु भयो ।
‘के हाम्रो देशका प्रधानमन्त्री, मन्त्री, सांसद, महत्वपूर्ण र सार्वजनिक पदधारण गरेका उच्च पदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी नातिनातिना सामुदायिक विद्यालयमा भेटिन्छन ?’ सांसद जिएमको प्रश्न थियो ।
नेपालको शिक्षालाई गुणस्तरिय बनाउन ३ तहको जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनिक पदधारण गरेकाहरूको छोराछोरी सामुदायिक विद्यालय रसरकारी क्याम्पसमा अनिवार्य भर्ना गर्नुपर्ने नीति बनाउन पनि सांसद जिएमले माग गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस्