जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार ११:२९

सुनको मुल्य बढ्यो, चाँदीको स्थिर


काठमाडौं, बैशाख २६ । मंगलबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्‍लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो।

यसअघि वैशाख २१ गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।