जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार ११:३९

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २६ वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर छ। यसअघि सोमबार प्रतितोला ३०० रुपैेयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।