काठमाडौं, बैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारीको कुनै जात वा लिंग नहुने भन्दै कांग्रेस नेतृ डा आरजु राणा देउवालाई कडा जवाफ फर्काउनु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन सत्तारुढ दलहरु लागेको आरोप लगाउदै कार्कीले भ्रष्टाचारीको लिंग नहुने बताउनु भएको हो । आज बसेको प्रतिनिधिसभाको सून्य समयमा बोल्दै कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनी प्रश्न गर्नुभयो ।
केही दिन अगाडि प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणाले पनि सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिनुभएको थियो । उहाँले महिला राजनीतिमा अघि बढदा अनेक प्रश्न आरोप लगाएर पछि पार्न खोजिएको भन्दै भुटानी शरणार्थी प्रकरणमा आफूमाथिको आरोपको प्रतिवाद गर्नुभएको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ संकेत गर्दै डा. कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भन्ने कठोर प्रश्न गर्नुभएको हो ।
‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्यो–भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ डा. तोसिमाको प्रश्न थियो । उहाँले थप्नुभयो, ‘भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्