काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको बार्ता ठोश निश्कर्षबिनै टुंगिएको छ ।
प्रधानमन्त्री दाहालले आज आफ्नो सरकारी निवासमा प्रमुख तीन दलको प्रमुख नेतालाई आमन्त्रण गरी छलफल गर्नुभएको हो । बार्तामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको बिषयमा बिपक्ष दलका नेता ओली र सत्ता साझेदार दलका सभापति देउवासँग सुझाव माग्नुभएको थियो ।
आजको छलफलमा एमाले अध्यक्ष ओलीले बोलाएर एउटा कुरा गर्ने र बैठकपछि निस्किएर अर्कै कुरा गर्ने ब्यवहार दोहोरिए आफू कहिल्यै नभेटने बताउनु भएपछि प्रधानमन्त्री दाहालले अव त्यस्तो नहुने प्रतिवद्धता जनाउनु भएको स्रोतले बतायो ।
‘जे कुराकानी हो त्यही मात्रै गरौं, यसो भेटेजस्तो गरेर बाहिर अर्कै कुरा नगरौं, यस्तो भयो भने कुराकानी गर्नै समस्या हुन्छ, हामी सवैले जे कुरा भयो त्यही भन्नुपर्छ, दुई पटक त्यस्तो भइसक्यो, अवचाँहि नहोस,’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो ।
आज बिहान तीन नेताबीच डेढ घन्टा बालुवाटारमा छलफल भएको हो । तर बैठकले ठोश निश्कर्ष निकाल्न नसकेको नेताहरुको ब्यवहारबाट प्रष्ट भएको छ । छलफलमा के–के विषयमा कुराकानी भयो भन्नेबारे तीनै जना नेताले कुनै प्रतिक्रिया नदिएपछि बिनानिश्कर्ष टुंगिएको प्रष्ट भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले पनि बार्तामा ठोश निश्कर्ष भन्दा पनिसदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव माग्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्