काठमाडौं, बैशाख २६ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारबाही गर्न हतार नगर्ने समेत जनाएको छ। अनुसन्धान निश्पक्ष हुनुपर्ने भन्दै एमालेले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा नपुगेकोले हतारमा कार्वाहीको कुरा नगर्ने बताएको हो ।
बैठकले बैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न १० वटा एजेण्डा तयार गरेको छ ।














प्रतिक्रिया दिनुहोस्