जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १७:०६

सेयर बजार २.४३ अंकले घट्यो


काठमाडौं, २७ वैशाख । साताको चौथो कारोबार दिन आज सेयर बजार घटेको छ । आज नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ । यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.४५ अङ्कले घटेर ३५२.८० विन्दुमा पुगेको छ ।

आज नेप्से सुचकको ८८ कम्पनीमा वृद्धि भएको छ । ११३ कम्पनीमा ओरालो लागेको छ भने १५ कम्पनी स्थिर रहेको छ । यसअघि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको थियो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर, नवील बैंक र सिवम सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ । यता १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । आजको कारोबारमा हिमाल दोलखा हाइड्रोपावरको ८।२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।