सिरहा,२८ वैशाख । सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ । गोलबजार नगरपालिका–१० का वसन्त कुमार महतोले लहानको एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो । तिर्खाएका महतोले पानी किनेर बोतलको बिर्को खोल्न लाग्दा बोतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाउनुभएको छ ।
उहाँले बोतलमा भरिएको पानीमासमेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिको खेलबाड भएको बताउनुभयो । महतोले भन्नुभयो, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरे पनि यसको विश्वसनीयता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो ।’
उहाँले यहाँ उत्पादन हुने पानीको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाउनुभयो । पानीमा भेटिएको विषयमा धारणा लिने क्रममा ऋषि जल उद्योगको आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले ‘तपाइँले लिएको पानीमा फोहोर पाइएको भए हामीलाई पठाइदिनुस्, कहाँबाट कमजोरी हुन गएछ त्यसलाई कारबाही गर्छु’ भन्ने जवाफ दिनुभएको थियो ।
पानीमै फोहोर कसरी पस्यो त ? भनेर जिज्ञासा राख्दा उहाँले ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु बेचिरहेको छ । तपाईंहरु देख्नुहुन्न । एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ,’ भन्दै गैरजिम्मेवार जवाफ दिनुभएको थियो । यस विषयमा सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउँछौ ल्याबको रिर्पोट के आउँछ, त्योअनुसार कानुन बमोजिम कारबाही हुन्छ ।’
े













प्रतिक्रिया दिनुहोस्