जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार १३:५५

हैसियत मिल्दैन भन्दै बालकृष्ण खाण थुनवासँग बस्न नमानेपछि


काठमाडौं, बैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नो हैसियत नमिल्ने भन्दै थुनुवा कक्षमा बस्न अस्वीकार गर्नुभएको छ ।

खाणले आफू पक्राउ परेका अन्य थुनुवा जस्तो नभएको र हैसियत पनि नमिल्ने भन्दै थुनुवा कक्षमा जानै इन्कार गरेपछि हिरासतको पहिलो रात प्रहरी नायव उपरीक्षक (डीएसपी) को कार्यकक्षमा कटेको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकृतले दिएको जानकारी अनुसार खाण अन्य थुनुवाहरूसँग बस्नै नमानेपछि डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय सवैभन्दा मुख्य दोषी देखिनुभएका खाणलाई तीन प्रमाणका आधारमा बुधवार प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ४ दिनको अनुमति पाएको छ ।

बुधवार बिहानै भाग्ने तयारी गर्दागर्दै पक्राउ परेका खाणलाई अपराह्नसम्म पनि काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो ।