चितवन, २८ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृत भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् । २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौरहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृत अवस्थामा भेटिएको हो ।
भाले गैँडा दुई वर्ष छ महिनाको रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो । दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्