काठमाडौं, बैशाख २९ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ वटा राजनीतिक दललाई निर्देशन दिएको छ ।
कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको विवरण आयोगमा पेस गर्न आयोगले सूचनामार्फत निर्देशन दिएको हो । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहित ८२ दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएको छ ।
‘आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्स्टाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छु,’ आयोगको सूचनामा भनिएको छ ।














प्रतिक्रिया दिनुहोस्