जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १९:५९

रास्वपा नेता हुन यौन दुर्ब्यवहारमा समातिएका मदन


काठमाडौं, बैशाख २९ । यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका कषिबिज्ञ मदन राई राष्ट्रिय स्वतन्त्र पार्टीको नेता रहेको तथ्य खुलेको छ । रवि लामिछाने नेतृत्वको रास्वपामा आवद्ध रहेका राईलाई आज खोटाङ प्रहरीले बाल यौन दुर्ब्यवहारमा पक्राउ गरेको छ ।

राईले खोटाङमा शुभम फाउन्डेसनका सञ्चालन गर्दै आएका छन । फाउण्डेशनमा उनले बालबालिकालाई अश्लिल हर्कत गर्ने र यौन सम्पर्कका लागि खुल्ला रुपमा आश्वान गर्नै, संवेदनशील अंगमा हात लगाउने र नांगो बनाउने जस्ता काम गरेकोप्रहरीको भनाई छ । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुब्र्यवहार गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगरपालिका–२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् । राई २०७९ भदौं ११ गते काठमाडौंमा आयोजित रास्वपाको सभामा रसभापति रवि लामिछानेसँगै मञ्चमा बसेका थिए भने चर्काे भाषणसमेत दिएका थिए ।