जनता टाइम्स

३० बैशाख २०८०, शनिबार ११:५८

काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा


काठमाडौं, बैशाख ३० । काठमाडौं महानगरपालिकाका मेयर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ ।

शनिवार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले सो घोषणा गर्नुभएको हो ।

एम्बुलेन्सको फोटो राखेर मेयर शाहले लेख्नुभएको छ, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’