काठमाडौं, बैशाख ३० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा अबैध रुपमा रकम भित्र्याउने खेलमा लागेको रहष्य खुलेको छ ।
अमेरिकाबाट नेपालमा अबैध रकम भित्र्याएको अभियोगमा पक्राउ परेको अछामका व्यवसायी पृथ्वीबहादुर शाहले बयानको क्रममा यस्तो तथ्य खोलेका हुन । शाहले आफ्नो अबैध धन्दामा माओवादी नेता शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएका छन । शाहलाई शर्माले नै संरक्षण गर्दै आउनु भएको छ ।
अमेरिकाबाट अवैध रुपमा गत वर्ष चैतमा ल्याएको ४० करोड रुपैया राष्ट्र बैंकले रोक्कासमेत गरेको थियो । सोही प्रकरणमा गत पुसमा प्रहरीले पक्राउ गरी अनुसन्धानकै क्रममा शाह हिरासतमा रहेका छन । शाहले अवैध रुपमा उक्त रकम नेपाल भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता रहेको बयान दिएका हुन ।
शर्माले आफू अर्थमन्त्री रहेको बेलामा आएको सो रकम छुटाउन निकै दौडधुप गर्नुभएको थियो । तत्कालीन अर्थमन्त्री रहेका शर्माले रकम छुटाउन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई दबाव समेत दिनुभएको थियो ।
गभर्नर अधिकारीले अबैध काममा साथ नदिएपछि हटाउने कार्य गरिएको थियो । तर अदालतबाट गभर्नर अधिकारी पुनर्बहाली हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्