काठमाडौं, बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय सवैभन्दा मुख्य दोषी देखिनुभएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जिल्ला सरकारी वकीलको प्रस्तावबमोजिम नै अनुसन्धानका लागि ४ दिन म्याद थपिएको जानकारी दिनुभयो । भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा खाणसहितका आरोपीहरुलाई विभिन्न मितिमा प्रहरी पक्राउ गरेको थियो ।
यस प्रकरणमा पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत छन् ।













प्रतिक्रिया दिनुहोस्