जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १४:२१

साझाको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने


ललितपुर, १ जेठ । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ । पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ ।

उहाँका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दै हुनुहुन्छ ।