जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १६:३५

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए अर्वपति ब्यापारी बिनोद चौधरी, घरमै शरणार्थी फारम भरेको भिडियो बाहिरियो (भिडियोसहित)


काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अबैध धन्दामा अर्बपती व्यापारी एवं नेपाली काँग्रेसका नेता विनोद चौधरीसमेत संलग्न रहेको तथ्य बाहिर आएको छ ।

अर्बपति चौधरीको निवासमा भुटानी शरणार्थी छुट सम्बन्धी फारम भर्दै गरेको भिडियो सार्वजनिक भएसँगै यो तथ्य उजागर भएको हो । काँग्रेस पूर्वसांसद आङटावा शेर्पा र उहाँको आफन्त डजोन शेर्पाले नक्कली भुटानी शरणार्थी प्रमाणीकरण गर्न व्यापारी चौधरीको घर प्रयोग गरेर फर्म भर्ने र आर्थिक लेनदेन गरेको भिडियो बाहिरिएको हो ।

पूर्वमन्त्री महेश बस्नेतले आङटावा शेर्पाले बिनोद चौधरीको निवासमा बसेर दर्जनौं व्यक्तिहरुको फारम भर्दाको भिडियो सार्वजनिक गर्नुभएको हो ।

हाल प्रहरी हिरासतमा रहनुभएका कांग्रेस नेता आङटावा शेर्पाले नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहनुभएकी कांग्रेस नेतृ तथा सांसद डा. आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाण र खाणपत्नी मञ्जुहरूले सम्बन्धित दलालहरूसँग बुझेको रकम फिर्ता गराएर चोख्याउन लाग्नुभएको थियो ।

अहिले सार्वजनिक भएको भिडियोमा फर्म भर्नेहरूले विनोद चौधरीको घर देखाएर उहाँको नाम लिइरहेका छन । भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री बस्नेतले प्रहरीले अहिलेसम्म गरेको छानबिनको उच्च सम्मान गर्दै थप अनुसन्धानको माग गर्नुभएको छ । पूर्वसांसद आङटावा पक्राउ पुर्जी जारी भएसँगै सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरिसक्नु भएको छ । शेर्पा पक्राउ परेलगत्तै अर्बपति विनोद चौधरीसमेत यस प्रकरणमा जोडिएपछि थप छानविनको माग भएको हो ।

हेर्नाेस यो भिडियो

https://www.facebook.com/watch/?v=236998322268242