जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १७:१२

अयोग्य लडाकूलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वाेच्चको आदेश


काठमाडौं, जेठ २ । सर्वाेच्च अदालतले अयोग्य लडाकुलाई दुई लाखका दरले रकम बाँड्ने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज सरकारलाई यस्तो आदेश दिएको हो । सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हाल्नुभएको थियो ।

उक्त रिटको प्रारम्भिक सुनवाइ आज भएकोमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।