जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार २१:००

हाकाहाकी जनता लुटने अभियानमा सरकार : पेट्रोलको मूल्य १० रुपैया घटेर आउँदा पनि प्रधानमन्त्रीको आदेशमा घटाइएन


काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हाकाहाकी जनता लुटने अभियानमा लागेको पाइएको छ । सरकारले भारतीय आयल नियम (आइओसी) ले पेट्रोलमा झण्डै १० रुपैया घटाएर पठाए पनि नेपाली उपभोक्ताबाट असुली गर्ने गरी यथावत मुल्य राखेर जनतामारा नीति लिएको हो ।

सरकारले आज डिजेल र मट्टितेलको मूल्य मात्र घटाएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस(दस रुपैयाँ घटाउने निर्णय गरेको हो।

यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ। पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। इन्डियन आयल कर्पोरेशनले सोमबार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको थियो।

जसमा पेट्रोलको ९.५२ रुपैयाँ घटाएको थियो। तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य यथावत राखेको छ। सत्ता गठबन्धन र प्रधानमन्त्री दाहालको आदेशमा प्ट्रोलको मुल्य यथावत राख्ने निर्णय लिनुपरेको बोर्ड बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा सहभागी एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार अनुसार आपुर्ति मन्त्रीले प्रधानमन्त्रीको आदेश प्ट्रोलको मूल्य नघटाउने रहेको भन्दै यथावत राख्न बैठकमा प्रस्ताव गरिएको थियो ।