काठमाडौं, ३ जेठ । पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्हामू शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरोमा पाइला राख्नुभएको हो । यसँगै शेर्पाले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापुर्वक आरोहण गर्नुभएको छ ।
२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किनु भएको थियो । तर, उहाँकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडि नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसक्नु भएको थियो ।

मुख्यतयाः भुकम्प पछि सबै महादेशको सर्वोच्च शिखर चुम्ने उदेश्यसहित अघि बढेका सोनामले ३० बर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
६३ वर्षीय शेर्पा आफनो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेर मंगलवार साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गर्नुभएको थियो । आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सपःल आरोहण सम्पन्न गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्