जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १६:१९

सेयर बजार ३२‍.३० अंकले वृद्धि


काठमाडौं, ४ जेठ । सेयर बजार ३२‍.३० अंकले वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको सेयर बजार आज ३२.३० अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ । लगानीकर्ताहरुमा उत्साह थपिँदा आज एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ ।

सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ । यसदिन २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।