काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन खोज्नु राज्यविरुद्धको घात भएको बताउनुभयो ।
उहाँले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको बताउनुभयो । उहाँले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सीसीटीभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गर्नुभयो । ‘नेपालीलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात हो, गम्भीर अपराध हो ।
त्यस अर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त शक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौँ । राजनीतिक आग्रह,पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किऊन्, निर्दोष कसैलाई फसाउने काम नहोस्,’ उहाँले भन्नुभयो । उहाँले समाजमा नेता र पार्टीहरू नै खराब हुन् भन्ने भाष्य खडा नगर्न पनि आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्