जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १८:०७

नक्कली शरणार्थी प्रकरणमा समातिए भुटानी शरणार्थी नेता टेकनाथ रिजाल


काठमाडौं, जेठ ४ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा काठमाडौं प्रहरी परिसरले भुटानी शरणार्थी नेता रिजाललाई पक्राउ गरेको हो ।

बिचौलियाको बयानको आधारमा रिजाललाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा रिजालले लामो समयदेखि पैरवी गर्दै आउनु भएको थियो ।

तर, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा रिजालको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो । प्रहरीले आज पक्राउ गरेको हो ।