जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १९:४७

प्रधानमन्त्री–सांसदको प्रश्नोत्तर हुने बैठकमा किन गएनन ओली ? यस्तो छ ओलीको जवाफ


काठमाडौं, जेठ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर हुने बैठकमा आफ्नो अनुपस्थितिको कारण सार्वजनिक गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज आफ्नो फेसबुकमार्फत संसद बैठकमा उपसिथत हुन नसक्नुको कारण सार्वजनिक गर्नुभएको हो । संसदमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांस्दहरुबीच प्रश्नोत्तर कार्यक्रम रहेको थियो ।

बैठकमा अनुपस्थित हुनुको कारण खोल्दै अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागि हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि वताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु । सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ । ठीक छ ।’

अध्यक्ष ओलीले थप्नुभएको छ, ‘प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ । सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ । प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन् । शुभकामना छ ।’

मेरो स्वास्थ्य र आजको संसद् !!!
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागि हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि वताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु । सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ । ठीक छ । प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ । सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ । प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन् । शुभकामना छ ।