जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार ०८:३२

लुम्बिनीमा रित्तिने अवस्थामा नेकपा एस, प्रदेश इञ्चार्जसहित सिंगो टीम एमालेमा फर्कदै


दाङ, जेठ ५ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीसहित ठूलो संख्यामा नेता कार्यकर्ता एमाले फर्कन लागेका छन ।

बिश्वासी र पूर्वमन्न्त्री हिराचन्द्र केसीसहित दाङको सिंगो पार्टी कमिटी नै नेकपा एमालेमा समाहित हुन लागेको हो । दुवै नेता काठमाडौं गई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग छलफल गरेपछि नेकपा एमालेकै फर्कने निर्णय लिनुभएको हो

दुई नेतासँगै नेतृ शारदा स्वर्णकार, दाङ जिल्ला अध्यक्ष सुरामणि बेलवासे, सचिव डिल्ली डाँगीसहितको अधिकांश नेताकार्यकर्ताहरु एमालेमा समाहित हुने कार्यक्रम तय भएको छ ।

नेकपा एसवाट एमालेमा प्रवेशमा गर्न लागेका नेताहरुलाई स्वागत गर्न एमालेका महासचिव शंकर पोखरेल आज दाङ आउन लाग्नुभएको छ । महासचिव पोखरेलले उहाँहरुलाई प्रवेश गराउन तुलसीपुरमा शनिवार कार्यक्रम आयोजना गरिएको छ । दाङ एमाले महासचिव पोखरेलको गृह जिल्ला हो ।