जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १२:२५

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौ, ५ जेठ । सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो ।

यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ । बिहीबार पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो ।