काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको वाचन गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा उहाँले नीति तथा कार्यक्रम पढ्न थाल्नुभएको हो । राष्ट्रपति संसदमा प्रवेश गर्दा उहाँको स्वास्थ्यमा अझै पूर्ण सुधार नभएको देखिएको छ । उहाँ शारीरिक रुपमा कमजोर देखिनुका साथै उहाँलाई सुरक्षाकर्मीले समाएर आफ्नो आसनमा राख्नुभएको थियो ।
उहाँले कुर्सीमा बसेर नीति तथा कार्यक्रम पढिरहँदा पनि विच–बिचमा खोकिरहनुभएको छ । उहाँलाई नीति तथा कार्यक्रम पढ्न पनि धेरै गाह्रो भएको प्रष्टै देखिन्छ । राष्ट्रपतिको आवाज भासिएको र काँपेको छ । अनुहारमा पनि विरामी भएको झल्को देख्न सकिन्छ । यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन सुरु गर्ने र प्रधानमन्त्रीले बाँकी पढ्ने गरी तयारी गरिएको भएपनि राष्ट्रपति आफैंले सबै पढ्ने निर्णय लिनुभएको थियो । राष्ट्रपति भएलगत्तै अस्वस्थ हुनुभएको पौडेल भारतमा उपचार गराएर नेपाल फर्किनुभएको हो ।



























प्रतिक्रिया दिनुहोस्