जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार १४:४४

खोला अतिक्रमण गरी मोक्षालय बनाएपछि महोतरीका स्थानिय आक्रोशित


महोत्तरी, ६ जेठ । महोत्तरीको बर्दिबासमा खहरे खोल्सीलाइ अतिक्रमण गरिएको भन्दै स्थानियहरु आन्दोलित भएका छन । नदिको छेउमा नै रहेको सामुहिक पितृ मोक्षालय केन्द्रको सौन्दर्यकरण गर्ने क्रममा बर्दिबास–१ मा रहेको पानी खोल्सी अतिक्रमण गरिएको भन्दै स्थानियहरु आन्दोलित भएका हुन । खोल्सीको धार नै परिवर्तन हुनेगरी नदिको विचवाट ढ्याम बनाएर मोक्षालय बढाउने नाममा खोला अतिक्रमण गरिएको स्थानियहरुको भनाइ छ ।

मोक्षालय सौन्दर्यकरणको लागी पर्यटन बिकास कार्यालय मधेश प्रदेशवाट विनियोजित गरिएको १५ लाख बजेटमा अहिले यहाँ काम भैइरहेको छ । मोक्षालयका अध्यक्ष कृष्ण गौतमले स्थानियहरुसगँ छलफल नै नगरी प्रावधिक इस्टिमेट गर्न लगाएको भन्दै स्थानिय युवा राजु दोङले आपत्ती जनाउनुभयो । ‘यहाँ बनाइएको संरचनाले खोलाको धार मात्र परिवर्तन भएको छैन, देउराली माद्यामिक विद्यालय र गाउँ नै जोखिममा पर्ने सम्भावना बढेको छ,’ उहाँले भन्नुभयो । नजिकै रहेको देउराली उच्च माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दोङले विद्यालय र गाउँको संवेदनशीलतालाइ ख्याल नै नगरी पुर्वाधार निर्माण गरिएको बताउनुभयो ।

संरचना निर्माणको लागी प्रावधिक नापजाँच गर्ने इन्जिनियर माथी पनि स्थानियले आक्रोश ब्यक्त गर्नुभएको छ । इन्जिनियर पेशाको न्युनतम आचारसंहिता समेत ख्याल नगरी नापजाँच गरिएको भन्दै पर्यटन बोर्डका प्राविधिक सुनिल सेखर यादवसँग स्थानियले आक्रोश ब्यक्त गरेका छन् । हाल स्थानियहरुले आधा बनिसकेको कामलाइ रोक लगाइदिएका छन । छलफल नगरी काम अगाडि वढाउन नदिने उनिहरुको अडान छ ।