जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार १६:१२

रौतहटमा छुरा प्रहारवाट एमालेका स्थानीय नेताको मृत्यु


गौर, ७ जेठ । रौतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उहाँमाथी छुरा प्रहार भएको थियो ।

छातिमा छुरा प्रहार भए पछि घाइते हुनुभएको खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर, उपचारको क्रममा उहाँलाई चिकित्सकको टोलीले मृत घोषणा गर्नुभएको थियो । छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन् । उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।