जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार १२:०२

तोलामा ८०० रुपैयाँले बढ्यो आज सुनको भाउ


काठमाडौ, ७ जेठ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।