काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकसित नेपाल निर्माण गर्न एमाले बहुमतसहित सरकारमा आउने बताउनुभएको छ । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उहाँले बहुमतसहित विकसित नेपाल निर्माण गर्न नीति तथा कार्यक्रम लिएर एमाले फेरि सरकारमा आउने दाबी गर्नुभएको हो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्न सक्षम नरहेको भन्दै उहाँले आगामी एक वर्ष फेरि समय बर्बाद हुने टिप्पणी गर्नुभयो । यसर्थ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित नगर्न सबै सदस्यहरुमा ओलीले आग्रह गर्नुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नहुने भन्दै उहाँले यसलाई फिर्ता लिएर देश र जनताको समस्या समाधान गर्न सक्नेगरी अर्को नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्