जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १५:४९

गैरकानूनी रुपमा घर जग्गामा ठूलो लगानी गर्दा डुब्ने अवस्थामा गोर्खा सहकारी, एक बर्षासम्म बचतकर्ताले पाएनन पैसा फिर्ता


काठमाडौं, जेठ ८ । निकै चर्चा र राम्रो सहकारीको नाम कमाएको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड ले बचतकर्ताको पैसा फिर्ता गर्न सकेको छैन । ललितपुर सातदोबाटोस्थित रहेको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा बर्ष दिन बितिसक्दा पनि फिर्ता गर्न नसकेको पाइएको हो ।

गोरखा सहकारीको शाखा सुन्धारामा छ भने सेवा दिने केन्द्र भनेर सामाखुशी पनि खोलेको छ । यस सहकारीको सेवा दिने केन्द्र भने दुई वटा छन । मानिसहरुको विश्वास जितेको सहकारी एकाएका कहाँबाट डुब्ने स्थ्ति पुग्यो भनेर सातदोबाटो र सुन्धारामा हल्लाखल्ला रहेका छ ।

गोरखा सहकारीका सञ्चालक एवं अध्यक्ष हुन इमान सिंह राई हुनुहुन्छ । ०५४ सालमा दर्ता भएको यस सहकारी संस्था बचत गर्ने अधिंकश लाहुरे, तरकारी फलफूल पसले र व्यापारी रहेका छन । बानेश्वर, सिनामंगल, तीनकुने, न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजार लगायतका क्षेत्रका व्यापारी र बासिन्दाहरुले सुन्धारा शाखामा बचत गर्ने गरेका छन । यता, सातदोबाटो, एकान्तकुना, कोटेश्वर, जरिबुटि, बालकुमारी ग्वार्को लागयतका क्षेत्रमा भने मुख्य कार्यालयका बजार प्रतिनिधिहरुले पैसा उठाउछन ।

यस गोरखा सहकारीमा पल्टनेहरुले निकै लगानी गरेका छन । पल्टनेहरुले एकमुष्ठ रकम बचत गर्छन । गोरखा सहकारीले बचतकर्ताहरुलाई केही समय अगाडि दश हजार रुपैँया उपलब्ध गराएको थियो । तर, दुई तीन महिना बितिसक्दा पनि एक रुपैंया पनि दिन सकेको छैन।
गोरखा सहकारीको घर जग्गामा ठूलो लगानी भएको पाइएको छ । उक्त संस्थाले बचतकर्ताको रकम आँखा चिम्लिेर लगानी गर्दा यस्तो अवस्था आएको सोही संस्थाका एक अधिकारीले जनताटाइम्स डटकमलाई बताए ।

हाल घर जग्गा कारोवारमा मन्दी नै छ । सहकारीले बचतकर्ताको रकम मनलाग्दी घर जग्गामा लगानी गर्न पाउँदैन । यसै कारण पनि बचतकर्ताहरु फस्ने डर हुन्छ । अहिलेको सहकारीको अवस्था हेर्न हो भने मानिसहरु सहकारीलाई देखि सक्दैन । धेरै सहकारीहरु भागीसकेको छन भने अधिकंश सहकारीहरुले बचतकर्ता झुक्याइ राखेका छन ।

गोरखा सहकारीका एक प्रतिनिधिले ‘हाम्रो सहकारी डुबेको त छैन । तर, बजारमा गरेको लगानी र घर जग्गाको कारोबार नहुँदा यस्तो भएको भन्दै जनताटाइम्सलाई बताए । उनले ‘बजार तल माथि त हुन्छ । केही समस्या मात्र आएको हो’ भन्दै फोन काटे । बचतर्ताको पैसा फिर्ता गर्न नसके पनि यस सहकारी संस्था बन्द भने भएको छैन ।

गोरखा सहकारीका बजार प्रतिनिधिका अनुसार कर्मचारीहरु नियमित कार्यालय पुगेका छन भने तलब भने खान पाएका छैनन । बजारमा खटिने अधिकांशलाई हटाइसकेको छ भने सहकारीमा सुधार भएपछि बोलाउने आश्वासन केही महिना अगाडि म्यानेजरले बाँडेको बजार प्रतिनिधिले जनताटाइम्सलाई सुनाए ।

बजार प्रतिनिधिहरुले बजारबाट पैसा उठाउन छोडेको पनि बर्ष दिन पुगिसकेको छ । गोरखा सहकारी गर्दा तरकारी व्यापारी, फलफूल व्यपारीहरु निकै मारमा परेका छन । साना तिना व्यपार व्यवसाय गर्ने बचतकर्तालाई छाक टार्न ग्राहो छ । उनीहरुले गोरखा सहकारीले पैसा दिन्छन् भन्ने आशा नै मारिसकेका छन्।

केही समय अगाडि तरकारी फलफूल व्यापारी सहकारी विभाग र महनगर सहकारी विभाग उजुरी दिन पनि गएको सहकारी विभागका कर्मचारीले जनाए । उक्त समयमा थाहा भयो कि गोरखा सहकारी बाग्मति प्रदेशमा पो दर्ता रहेछ भनेर।

सहकारी विभागका कर्मचारीले हामीलाई उजुरी दिनु र हामी सम्बन्धित कार्यालय पठाउछौं भनेका थियो। तर, हामीले यस गोरखा सहकारीको विश्वास धेरै गप्यों अब उजुरी दिन तयार भन्दै बचतकर्ताहरुले रुदैं जनताटाइम्ससँग भने।

सहकारी विभागका कर्मचारीका अनुसार स्सिडतहरु केही महिना अगाडि सहकारी विभाग आएका थिए । तर, त्यो समय बचतकर्ता र सहकारी म्यानेजरबीच संवाद भएपछि उनीहरु फर्किएका थिए ।

यस बिषयमा गोर्खा सहकारीका अध्यक्ष राईसँग कुरा गर्न सहकारीमा टेलिफोन गर्दा त्यहाँका कर्मचारीले फोनमा सम्पर्क गराउन नसक्ने बताए । जनताटाइम्स प्रतिनिधिले गोर्खा सहकारीको टेलिफोन नम्बर ५१५२४०४ र ५२५२३६० मा पटक पटक सम्पर्क गर्दा अध्यक्ष राईलगायत कुनै पनि सम्बन्धित अधिकारीले समाचारको बिषयमा कुरा गर्न नचाहेको बताए ।