जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार १०:४९

कामीरिता शेर्पाले बनाए सगरमाथा आरोहणमा नयाँ किर्तिमान


काठमाडौं, जेठ ९ । सोलुखुम्बुका कामीरिता शेर्पाले मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । यो आरोहणसँगै शेर्पाले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गर्नुभएको छ ।

शेर्पा आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रोपटक पुग्नुभएको हो । बुधबार उाँ २७ औं पटक सगरमाथा चुचुरोमा पुग्नुभएको थियो ।

तर, आफ्नै २७ औं रेकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुग्नुभएको हो ।