काठमाडौं, १० जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाउनुभएको छ ।
भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाउनुभएको हो ।
हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाउनुभएको हो । उहाँले सो बयान पछि १६ वटा बुदाँ (प्रश्न) अगाडि राख्नु भएको छ ।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका बुदाँः
१. आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइजीपी फेरेर होस् वा उहाँलाई आईजीपी बनाएर भए पनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।
२. गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भए पनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।
३– केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पिए लिला जीसी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।
४. केशब दुलाल र लिला जिसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।
५. तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।
६. प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबिनको दायरामा राखिएको छैन ।
७. तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।
८. उनले र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जुलाई बचाएर बयान दिएका छन ।
९. निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भीआईपी चिन्दिन पीडित भनिएका कसैसंग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।
१०. सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन ।
११. आफु अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ?
१२. केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।
१३. जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्वमन्त्री खाँण र पूर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन ।
१४. देउबाले आज दिउँसो आफू निकटको ब्यक्तिहरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन ।
१५. बयानमा खाँण लगायतलाई बचाउने नियत प्रष्ट छ । । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।
१६. रबिको पासपोर्टको बिषयमा मुद्दा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।
यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।
घेराबन्दी तोडिएको हो र तोडिनेछः
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल । जो कांग्रेसका नेता हुन् । गएको आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए । दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे । दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए ।
उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले)सँग जोडिएकाहरुलाई बदनाम गर्ने गरी वयान दिएका छन् । कथित वयान भनिएको एमाले विरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले वयानको अंश छानी–छानी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइरहेका छन् । अनि हाम्रा सञ्चार माध्यमहरुले उही कथालाई तथ्य जसरी प्रकाशन गरिरहेका छन् । यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो ।













प्रतिक्रिया दिनुहोस्