जनता टाइम्स

१० जेष्ठ २०८०, बुधबार १६:०२

सेयर बजार १६‍.४९ अंकले बढ्यो


काठमाडौ, १० जेठ । साताको चौथो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज पनि दोहोरो अंकले बढेको हो ।

बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।