जनता टाइम्स

११ जेष्ठ २०८०, बिहीबार ११:३४

रवि लामिछानेको आक्रोश : इरिटेट गर्ने पनि सिमा हुन्छ


काठमाडौं, जेठ ११ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुने भनेर आक्रोश पोख्नुभएको

नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेको बिषयमा लामिछानेले यस्तो आक्रोश पोख्नुभएको हो लामिछानेविरुद्ध अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेको छ।

आफ्नो नागरिकतासम्बन्धी फेरि मुद्दा दर्ता भएपछि लामिछानेले इरिटेड गर्नुको पनि सीमा हुने बताउनु भएको हो

बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै लामिछानेले भन्नुभएको , ‘मुद्दा हाल्नु  मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्।मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्‍याएर पुन: नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसदपद सर्वोच्चले खारेज गरिदिएको थियो। सो फैसलाले लामिछाने गृहमन्त्री पद गुमेको थियो।  

त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिनुभएको थियो

अधिवक्ता सफलले लामिछानेले पुन:नागरिकता लिँदा प्रक्रिया नपुर्‍याई लिएको भन्दै मुद्दा हाल्नुभएको हो नयाँ नागरिकता लिएपछिलामिछाने वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन बाट फेरि प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो

लामिछानेले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले जेठ गते सर्वोच्च अदालतमाबुझाइसकेको बताएका छन्।

यसअघि बुधबारको संसद बैठकमा पनि लामिछानेको नागरिकताका विषयमा कुरा उठेको थियो।

कांग्रेस सांसद अजयकुमार चौरसियाले रोष्ट्रमबाट नागरिकता त्यागेको निस्सा नबुझाएको कुरा उठाएपछि लामिछानेले नियमापत्तिगर्नुभएको थियो

रविको भनाइ जस्ताको तस्तै

मुद्दा हाल्नु  मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

. सर्वोच्च अदालतको  मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्यconfirm गरेको छ।

. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु

. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमाबुझाइसकेको छु। यसको जानकारी सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं।टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।