जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार ०९:३३

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन


सर्लाही, १२ जेठ । हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ । हिजो आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो । गएराती आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उहाँ सोही घरमा चेप्पिन पुग्नुभएको थियो ।